• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ‘कुलिङ अफ पिरियड’ छेडखानी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

    256
    SHARES



    काठमाडौँ । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । असार २३ गते प्रतिनिधिसभा बैठकबाट छानबिन समिति बनेको थियो । समितिलाई पहिला २१ दिन समय दिइएको थियो ।

    पछि ७ दिन थपिएको थियो । त्यो समय साउन १८ गते नै सकिए पनि मंगलबार मात्रै प्रतिवेदन सभामुखलाई बुझाएको थियो । प्रतिवेदनमा ६ परिच्छेद र ४ अनुसूची समावेश गरिएको सभापति परियारले जानकारी दिए ।

    परिभाषित जिम्मेवारीमा रहेकाले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको देखिएको परियारले बताए । राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक तथा कर्मचारीलाई पदीय आचरण पूरा नगरेको देखिएको प्रतिवेदनमा राखिएको परियारले बताए ।

    प्रतिनिधि सभाको चालू कार्यकालमा २०८० फागुन २१ गते निजामती विधेयक संसद्मा आएको उनले बताए । निजामती विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका लागि पुगेको र राज्य व्यवस्था समितिले पनि उपसमिति बनाएर छलफल गरेको स्मरण गरे ।

    राज्य व्यवस्था समितिले विधेयक पारित गर्दा सरकारी सेवाका कर्मचारीलाई दुई वर्ष कुलिङ अफ पिरियडको व्यवस्था राख्नेमा सहमति भएको पाइएको र सोहीअनुसार निष्कर्ष निकालेको सभापति परियारले बताएका छन् ।

    कांग्रेस सांसद परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ