काठमाडौं। प्रिज्मा एड्भर्टाइजिङले बेस्ट ब्रान्डस् अवार्ड २०२५ जितेको छ। प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन श्रेणीमा सम्मान प्राप्त गरेको हो।
अन्तर्राष्ट्रिय स्तरको मनोनयनबाट प्रतिस्पर्धात्मक रूपमा प्रिज्माले अवार्ड पाएको हो। अवार्डबाट सम्मानित हुने प्रिज्मा पहिलो नेपाली कम्पनी हो।
सिंगापुरमा ३१ जुलाईमा आयोजित समारोहमा प्रिज्माका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले सम्मान ग्रहण गरे।
अवार्ड ग्रहण कार्यक्रममा प्रिज्माका प्रमुख कार्यकारी अधिकृत आचार्यले भने, ‘ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड हाम्रो टिमको निरन्तर मेहनत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अठोटको प्रमाण हो। हामी विश्वास गर्छौं कि प्रामाणिकता र साहसमा आधारित विचारहरूले हरेक सीमालाई पार गर्न सक्छन्। यो सम्मानले हामीलाई अझ ठूलो सम्भावनाको खोजी गर्न र हाम्रा दृष्टिकोणहरूलाई विस्तार गर्न थप प्रेरणा मिलेको छ।’
विश्व ब्रान्डस् फाउन्डेसनले ब्रान्डलरेट अवार्डले विश्वका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली ब्रान्डहरूलाई सम्मानित गर्ने गर्छ।विगतमा कोकाकोला, नेस्ले, युनिलिभर, सामसङ इलेकट्रोनिक्स, टोयोटा, आइबीएमजस्ता कम्पनीले अवार्ड पाइसकेका छन्।
विश्वस्तरका उत्कृष्ट ब्रान्डमा समावेश हुन पाउनु खुसीको विषय भएको कम्पनीका महाप्रबन्धक शाहीले बताए। ‘विश्व स्तरका उत्कृष्ट ब्रान्डहरूबीच उभिन पाउनु हाम्रो लागि र नेपालका लागि गर्वको क्षण हो’, शाहीले भने।
प्रिज्मा सन् १९९१ मा स्थापित एजेन्सी हो। ब्रान्डिङ, डिजाइन, डिजिटल मार्केटिङलगायतका क्षेत्रमा कम्पनीले काम गर्दै आएको छ।
प्रतिक्रिया