• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

फोटो-फिचर समाचार

भक्तपुरमा मनोहरा बस्ती बचाउन वाइसीएलको बाँध (फोटो फिचर)

1.9K
SHARES



भक्तपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग(वाइसीएल) नेपालले भक्तपुरको मध्यपुर थिमि-१ लोहकिल्थलीस्थित मनोहरा बस्तीमा अस्थायी बाँध बनाएको छ । मंगलबार बिहान उपत्यकाका तीनै जिल्लाको शक्ति केन्द्रीत गरी वाइसीएलले लोहकिल्थलीको सुकुम्बासी बस्तीमा पर्ने मनोहरा खोलामा अस्थायी बाँध बाँधेको हो ।

‘श्रम तथा उत्पादनमा वाईसीएल अभियान’ अन्तर्गत मंगलबार लोहकिल्थलीस्थित मनोहरा बस्तीलाई डुबानबाट बचाउन अस्थायी बाँध निर्माण गरिएको माओवादी केन्द्रको मध्यपुर थिमि नगर उपाध्यक्ष समेत रहेका वाइसीएल बागमती प्रदेश अध्यक्ष नरेश रन्जितले बताएका छन् ।

हरेक वर्षा याममा मनोहरा खोलामा आउने बाढी बस्तीमा पसेर सास्ती दिने गरेको छ । यसबाट बर्षेनी सयौं परिवारका हजारौं मानिस प्रभावित हुने गरेका छन् । यो बस्तीमा ८ सय ८० घर छन् जसमा पाँच हजार बढी मानिस आश्रय लिएर बसेका छन् ।

बासको बेरा, ढुङ्गा र बालुवाका बोरासहित पाँच घण्टा लगाएर  मजबुत अस्थायी बाँध निर्माण भएसंगै यस वर्ष  मनोहरा खोलाको पानी बस्ती र खेतमा पसेर डुबानको समस्या नहुने स्थानीयले बिश्वास ब्यक्त गरे ।

वाइसीएलले श्रमदान गरी निर्माण गरेको तटबन्धलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले जनताप्रतिको पार्टी जिम्मेवारीको रुपमा प्रतिक्रिया दिएका छन् ।

“यो केवल भौतिक संरचना मात्र होइन, यो हामीले जनताको सुरक्षाका निम्ति लिएको राजनीतिक र सामाजिक जिम्मेवारी हो।” बाँध निर्माणमा सहभागी उपमहासचिव बस्नेतले भने ।

अस्थायी बाँध निर्माणमा माओवादी केन्द्रका भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्म र वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ त्यसैगरी प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन), पार्टीका केन्द्रीय सदस्य डीपी ढकाल, भक्तपुर जिल्ला संयोजक सुनिल गोठे बासु र वाइसीएल केन्द्रीय अध्यक्ष पुष्प ओली लगायत वाइसीएल नेता, कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ