• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद समाचार

साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बन्यो नेपाल

0.9K
SHARES



काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। आयोजक बंगलादेशसँग सोमबार भएको निर्णायक खेलमा ४-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको हो।

नेपालका लागि उपाधि जित्न आजको खेल महत्वपूर्ण थियो। जितले मात्र उपाधि जित्ने नेपालले खेलमा सुरुवातदेखि नै दबाबमा परेको थियो।सुरुवातमै गोल खाएपछि खेलमा फर्कने कोशिस गरे पनि नेपालले अन्त्यसम्ममा चार गोल खादा उपाधि बिमुख बन्यो।

नेपाल र बंगलादेशसहित भुटान र श्रीलंकाबीच डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालले आयोजक टोलीविरूद्ध फिक्का सावित बन्यो।

नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजय भोग्यो । पहिलो खेलमा बंगलादेशविरूद्ध ३-२ ले पराजित भएको नेपालले सोमबार भने चार गोल खायो।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ