• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    शिक्षा ऐनको माग गर्दै बहुमतनिकट क्रान्तिकारीको देशव्यापी शैक्षिक हडताल, शैक्षिक संस्था बन्द

    1.2K
    SHARES



    काठमाडौं । नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीको देशव्यापी शैक्षिक हडतालका कारण शुक्रबार शैक्षिक संस्था बन्द भएका छन्।

    काठमाडौं उपत्यकाका विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् भने काठमाडौँ बाहिरका विद्यालयहरु पनि ठप्प छन्।

    काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् ।

    नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्न, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण गर्न, विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा कायम गर्न, शिक्षक तथा विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्न, शिक्षामा दलालीकरण र माफियाकरणको अन्त्य गर्न भन्दै आज देशव्यापी शैक्षिक हडतालको आव्हान गरेको हो।

    क्रान्तिकारीले संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको भन्दै आन्दोलनमा रहेको बताएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ