• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भरतपुरको सिमलतालबाट त्रिशूलीको किनारमा खस्यो भारतीय नम्बर प्लेटको मिनी ट्रक

    1.9K
    SHARES



    मकवानपुर । भरतपुरको सिमलतालबाट एउटा भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर२९ सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो ।

    सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरू दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ