• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ७८ लाख घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले आज राष्ट्रिय सभामा निजामती विधेयक प्रस्तुत गर्ने

    1.4K
    SHARES



    काठमाडौँ । कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस काण्डमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार राष्ट्रियसभाको बैठकमा निजामती विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्ने भएका छन् ।

    मन्त्री गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा कुलिङ अफ पिरियडबारे चलखेल भएको थियो । जसलाई राष्ट्रिय सभाबाट सच्चाउने अपेक्षा गरिएको छ ।

    मन्त्री गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि सत्ता र प्रतिपक्षीका सांसदहरूले उनको राजीनामा र सरकारको जवाफ माग गरिरहेका छन् ।

    तर मन्त्री गुप्ता र अडियोबारे सत्यतथ्य माग भइरहेपनि उनले राजीनामा दिएका छैनन्, भने प्रधानमन्त्रीले समेत बर्खास्त गरेका छैनन् । प्रश्न उठेपछि गुप्ताले राजीनामा दिने वा बर्खास्त हुने अपेक्षाविपरित सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता सहभागी भएका थिए ।

    यस्तै मंगलबारकै राष्ट्रिय सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ