• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    माछापुच्छ्रे बैंक कोष प्रवर्धक रहेको एमबीएल इक्विटी फण्डका इकाइहरू पूर्णरुपमा बिक्री

    1.4K
    SHARES



    काठमाडौं। एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरू बिक्री भएका छन्। माछापुच्छ्रे बैंक कोष प्रबर्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको फन्डका इकाइहरू अन्तिम दिनको कार्यालय समय अगावै पूर्णरुपमा बिक्री भएको बैंकले जनाएको छ।

    २०८१ फागुन २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फण्डको अन्तिम आवेदन मिति २०८१ चैत ७ गतेसम्म तोकिएको थियो।

    एमबीएल सामूहिक लगानी कोषअन्तर्गत संचालन हुने १२ वर्षे बन्दमुखी प्रकृतिको यो फण्डको प्रति इकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याइएको थियो। यस फण्डले बिज पूँजी वापत १५ प्रतिशत इकाइमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रबर्धक कम्पनी माछापुच्छ्रे बैंकलाई सुरक्षित गरेको थियो।

    त्यस्तै, १ प्रतिशत अर्थात १२ लाख इकाइ योजना व्यवस्थापक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ