• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    केन्द्रीय सदस्यहरू तालिका मिलाएर पार्टी कार्यालय बस्नुपर्ने रास्वपापय प्रावधान

    228
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यहरू तालिका मिलाएर पार्टी कार्यालय बस्नुपर्ने प्रावधान सुरू गरेको छ।

    रास्वपाले केन्द्रीय सदस्य बिहान ११ बजेदेखि दिउँसो साढे चार बजेसम्म केन्द्रीय कार्यालयमा रहने गरी साप्ताहिक तालिका नै निकालेको हो।

    ‘अब देखि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय सदस्यहरूलाई साप्ताहिक रूपमा उपस्थितिको जिम्मेवारी तोकिने छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

    तालिका अनुसार आइतबार शिव नेपाली केन्द्रीय कार्यालयमा रहेका छन्। उनी बिहान ११ बजेदेखि साढे ४ बजेसम्म पार्टी कार्यालयमा रहेका थिए।

    सोमबार कामिनी चौधरी रहनेछिन्। मंगलबार रामकृष्ण भट्टराई, बुधबार गणेश कार्की, बिहीबार एलिजा गुरूङ र शुक्रबार प्रभात अधिकारी कार्यालयमा रहनेछन्। अर्को हप्ता नयाँ तालिका सार्वजनिक हुनेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ