• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    1K
    SHARES



    काठमाडाैँ । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडाैँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

    मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राप्रपाका महामन्त्री धवल शमशेर जबरा हाजिर जमानीमा रिहा भएका थिए ।

    गत चैत १५ गते राजावादी समर्थकहरूले निकालेको प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो । जहाँ मिश्रलगायतले प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ