• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

    695
    SHARES



    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रहरूमा आइतबार बिहान ८ बजेदेखि सुरु हुने कक्षा १२ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्डले सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षा दिन आह्वान गरेको छ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ। देशभर १५९० केन्द्र र जापानमा १ केन्द्रसहित कूल १५९१ परीक्षा केन्द्र तोकिएको छ। सबैभन्दा धेरै केन्द्र काठमाडौंमा १६२ रहेका छन् भने मनाङ र मुस्ताङमा एक-एक मात्र केन्द्र छन्।

    परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुँदै छन्। नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ १ लाख १५ हजार ६१७ परीक्षार्थी रहेका छन्। काठमाडौंबाट सबैभन्दा धेरै ६८ हजार १३३ परीक्षार्थी सहभागी हुँदैछन् भने मनाङबाट सबैभन्दा कम ४५ जना मात्र छन्।

    विशेष आवश्यकताका विद्यार्थीहरू — सुस्त मनस्थिति, दृष्टिविहीन, कम सुन्ने क्षमता भएका — तथा कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीहरूका लागि विशेष परीक्षा व्यवस्था मिलाइएको छ।

    सुरक्षा कडा, अनुशासनमा कडाइ
    बोर्डले परीक्षा केन्द्रहरूमा २० हजार सुरक्षाकर्मी खटाएको छ। साथै, केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षसँगै करिब २ हजार कर्मचारी पनि परीक्षाको व्यवस्थापनमा खटिनेछन्। प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ।

    परीक्षाको मर्यादा कायम गर्न बोर्डले परीक्षा केन्द्रमा मोबाइल फोन, स्मार्ट घडी तथा अन्य इलेक्ट्रोनिक उपकरण लैजान पूर्णतः निषेध गरेको छ। नियम उल्लंघन भएमा शिक्षा ऐन, २०२८ बमोजिम कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

    बोर्डले केन्द्राध्यक्षबाहेक अन्य कुनै व्यक्ति परीक्षा केन्द्रमा मोबाइल फोन लिएर जान नपाउने व्यवस्था गरेको छ। केन्द्रमा सर्च गर्दा प्रतिबन्धित सामग्री भेटिएमा परीक्षा मर्यादा उल्लंघनको अभियोगमा कानुनी कारबाही हुने जनाइएको छ।

    परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ। परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ