• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एनआरएनए महाधिवेशन विवाद हेर्न नमिल्ने बाहेकका न्यायाधीशको इजलासमा पेश गर्न आदेश

    290
    SHARES



    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन विवादको सर्वोच्च अदालतले हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेश गर्न आदेश दिएको छ।

    शुक्रबार न्यायाधीशहरू नृपध्वज निरौला र अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटको पेशी चढेको थियो। एनआरएनएका अध्यक्ष बद्री केसीले शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गर्न लागेको महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए।

    शुक्रबारको इजलासले पनि उक्त रिट हेर्न नमिल्नेमा राख्यो। यसरी यो रिटको पटकपटक हेर्न नमिल्नेमा राखिएपछि हेर्न नमिल्ने बाहेकका न्यायाधीशको इजलासमा पेश गर्न आदेश भएको हो।

    ‘प्रस्तुत निवेदन र रिट निवेदन समेत पटकपटक हेर्न नमिल्ने इजलासमा परेको देखिँदा हेर्न नमिल्ने बाहेकका न्यायाधीशको इजलासमा नियमानुसार पेश गर्नू,’ आदेशमा भनिएको छ।

    घले नेतृत्वको समितिले मे ३ देखि ५ सम्म गर्न लागेको महाधिवेशन विधान विपरित रहेको भन्दै यसलाई रोक्न माग राख्दै गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष बद्री केसीले रिट दायर गरेका थिए।

    एनआरएनएको महाधिवेशनको लागि राष्ट्रिय समन्वय समिति (एनसिसी) को अधिवेशन गर्नुपर्ने भएपनि त्यसलाई बेवास्ता गरिएको भन्दै महाधिवेशन रोक्नका लागि एनआरएनए अध्यक्ष केसीले अन्तरिम आदेश माग गरेर रिट दायर गरेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ