• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

    248
    SHARES



    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

    गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

    दर्ज्यानी चिह्न ग्रहण गर्दै महानिरीक्षक थापाले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै आवश्यक सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले आफूले प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै सङ्गठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले सङ्गठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखी समन्वयात्मक भूमिकामा लाग्ने बताए ।

    नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव दुवाडीले विभिन्न अपराधका घटनाबाट नयाँ चुनौती उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरे ।

    उनले मुलुकको शान्ति सुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने बताए । थापाले २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक दर्जाबाट आफ्नो प्रहरी सेवा सुरु गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ