• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ‘निजीकरण (पहिलो संशोधन) विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

    1.2K
    SHARES



    काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधेयकमा सैद्धान्तिक छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तुत हुँदा बहुमत सांसदहरू स्वीकृतिको पक्षमा देखिएका थिए ।

    विधेयकमा बोल्ने प्रतिपक्षी सांसदहरू निजीकरणको विपक्षमा धारणा राखेका थिए । सत्तापक्षका सांसदहरू विधेयकको पक्षमा देखिएका थिए ।

    ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ गत माघमा ल्याएको थियो । त्यही अध्यादेशलाई सरकारले १८ माघमा प्रतिनिधिसभामा दर्ता गरेको थियो । त्यही अध्यादेशलाई सरकारले प्रतिस्थापन विधेयकका रूपमा ल्याइएको हो ।

    स्वीकृत भएसँगै विधेयकमा दफावार छलफलका लागि बाटो खुलेको छ । विधेयक स्वीकृत भएसँगै संशोधन प्रस्तावका लागि समय खुला गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ