• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    सुनीता र बुचलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउन स्पेसएक्सले पठायो रकेट

    230
    SHARES



    न्युयोर्क । स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउनका लागि नयाँ दलका साथ इन्टरनेशनल स्पेस स्टेशनतर्फ रकेट लञ्च गरेको छ ।

    दुवै अन्तरिक्षयात्री ८ दिनका लागि मात्र इन्टरनेशनल स्पेस स्टेशन गएका थिए । तर स्पेसक्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरु पछिल्लो ९ महिनादेखि अन्तरिक्षमै थिए ।

    नयाँ दल स्पेस स्टेशनमा पुगेको दुई दिनपछि अन्तरिक्षयात्री पृथ्वीतर्फ आउनेछन् । नासाका कमर्शियल क्रू प्रोग्राम म्यानेजर स्टीभ स्टिचले यस मिसनलाई लिएर आफूहरु उत्साहित रहेको बताए ।

    उनले भने, ‘बुच र सुनीताले धेरै राम्रो काम गरेका छन् । अब उनीहरुलाई फिर्ता ल्याउन हामी उत्सुक छौ ।’

    सुनीता र बुच ४ जुन २०२४ मा परीक्षण मिसनका लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट अन्तरिक्षमा गएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ