काठमाडौं । रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि त्रिवि शिक्षण अस्पतालको छनोट समितिले आवेदन माग गरेको छ ।
माघ १५ गतेसम्म आवेदन दिन भन्दै छनोट समितिले सार्वजनिक सूचना निकालेको हो । इच्छुक उम्मेदवारले डिनको कार्यालयमा रहेको छनोट समितिको कार्यालयमा आवेदन पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।
कार्यकारी निर्देशकका लागि आवेदन दिनेले विभिन्न कागजपत्रहरू पेस गर्न पनि समितिले भनेको छ। जसमा व्यक्तिगत विवरणदेखि कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनुभवका प्रमाणित आधारहरूसम्म पेस गर्नुपर्ने विषय रहेका छन् ।
प्रतिक्रिया