• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    त्रिवि केन्द्रीय क्याम्पसमा एक महिनादेखि ताला, कामकाज ठप्प

    86
    SHARES



    काठमडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एक महिनादेखि ताला लागेको छ । पार्किङ शुल्कको विषयमा पाँच विद्यार्थी संगठनले २५ मंसिरमा ताला लगाएका थिए ।

    तर, अहिलेसम्म पनि सहमति भएको छैन । एक महिनादेखि तला लाग्दा दैनिक कामकाज ठप्प भएको छ ।

    ‘शिक्षक कर्मचारीलाई तलब खुवाउने बेला भयो । ताला लागेका कारण दैनिक कामकाज गर्न पाएका छैनौं,’ क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईले भने ।

    प्रिन्सिपल कार्यालयमा लगाइएको ताला खुलाउने विषयमा छलफल भइरहेको राईले बताए । ‘छलफल गरिरहेका छौं । सहमतिको प्रयास भइरहेको छ,’ उनले भने ।

    त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको आरोपमा पाँच विद्यार्थी संगठनले ताला लगाएका छन् ।

    तर, स्ववीयुका पदाधिकारीहरूले आफूहरूले शुल्क नउठाएको दाबी गर्दै आएका छन् । ताला लगाउनेमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैटौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियन रहेका छन् ।

    यही विषयमा स्ववियूको कार्यालय र रजिस्ट्रार कार्यालय अन्तर्गतको सामान्य प्रशासन महाशाखामा पनि ताला लगाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ