• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    कोरियामा जहाज दुर्घटना अपडेट : १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए

    296
    SHARES



    सियोल । दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो ।

    यस दुर्घटनामा अहिलेसम्म १७९ जनाले ज्यान गुमाइसकेका छन् । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् ।

    अन्य सबै यात्री र चालक दलका सदस्यले ज्यान गुमाइसकेका छन् । राहत र उद्धारको काममा लागेकाहरूले जनाएअनुसार अहिलेसम्म १२० जनाको शव भेटिएको छ ।

    न्यूज एजेन्सीका अुनसार यो दुर्घटना स्थानीय समयानुसार बिहान ९ बजेर ७ मिनेटमा भएको हक्सुको । जेजु एयरको उडान नम्बर २२१६ को जहाज देशको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेको थियो ।

    विमान बैंककबाट दक्षिण कोरिया फर्किएर अवतरणका क्रममा दुर्घटनामा परेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोअनुसार जहाज रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि एकैचोटी आगोको मुस्लोमा परिणत भएको देखिएको छ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज चराहरूको झुन्डसँग ठोकिन पुगेको थियो । त्यसका कारण जहाजको ल्यान्डिङ गियरमा खराबी आएर दुर्घटना हुन पुग्यो ।

    कोरिया हेराल्डले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार विमान दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो । एयरपोर्टको चक्कर लगाएपछि जहाजले ल्यान्डिङ्ग गियरलाई पूरै नझारी आपतकालीन अवतरणको कोसिस गरेको थियो ।

    आपतकालीन अवतरणका क्रममा रनवेबाट चिप्लिएको जहाज भाँचिन पुग्यो । त्यसको केहीबेररमै विमानस्थल धुवाँको मुस्लोले भरियो । अहिलेसम्म चालक दलका एक सदस्य र एक यात्रीलाई मात्रै बचाउन सकिएको छ । बाँकी १७९ जनाको ज्यान गइसकेको छ ।

    विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य थिए । यात्रुमा १७३ जना दक्षिण कोरियाली नागरिक थिए । अन्य दुईजनाको राहदानी थाई थियो ।

    भिडियोमा देखिएअनुसार जहाज रनवेबाट बाहिर गएर परसम्म चिप्लिँदै एक तारजालीको पर्खालमा ठोकिएको थियो । पर्खालमा ठोकिएपछि जहाजमा ठूलो विस्फोटको आवाज आयो । जहाज ठोकिने बित्तिकै आगोको मुस्लोमा परिणत भएर नष्ट भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ