काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरुले उल्लासका साथ यो पर्व मनाउँदैछन् । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । क्रिसमस डेलाई ‘मेरी क्रिसमस’ भन्ने गरिन्छ ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको मानिन्छ । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको छ ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
किन मेरी क्रिसमस भनिन्छ ?
पहिलो कारण- येशुकी आमाको नाम मरियम थियो । उनलाई मदर मेरी पनि भनिन्छ । त्यसैले पनि सम्भवत क्रिसमसको शुभकामना दिन मेरी क्रिसमस भनिने गरिन्छ ।
दोस्रो कारण- अंग्रेजी भाषामा मेरी शब्दको अर्थ नै खुशी अर्थात रमाइलो हुन्छ अर्थात ह्याप्पी । त्यसैले क्रिसमसमा बधाई दिनका लागि ह्याप्पीको ठाउँमा मेरी शब्द प्रयोग गरिएको हो । १८ औं शताब्दीमा प्रख्यात बनेका साहित्यकार चार्ल्स डिकेन्सले आफ्नो किताब अ क्रिसमस केरोलमा सबैभन्दा बढी मेरी शब्दको प्रयोग गरेका थिए । त्यसपछि नै मेरी शब्दको प्रचलन बढेको बताइन्छ ।
प्रतिक्रिया