काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट भारत जाने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको हाे ।
हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् । मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । ‘उहाँ बेल्जियम र जर्मनी पुगेर उतैबाट दिल्ली उड्ने तयारीमा हुनुहुन्छ, बाँकी कार्यसूची छिटै थाहा हुन्छ,’ स्रोतले भन्यो ।
राणाले बेल्जियमका विदेशमन्त्री बर्नाड क्विन्टिनलाई ब्रसेल्समा, अनि जर्मनीका विदेशमन्त्री अन्नालेना बार्बोकसँग बर्लिनमा भेटवार्ता गर्नेछिन् ।
प्रतिक्रिया