काठमाडौं । अनलाइनमार्फत् ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका-३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भएका १९ वर्षीय विपिन मगराती र नुवाकोटको म्यागङ गाउँपालिका–२ कि २१ वर्षीया मधु तामाङ रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले फेसबुक पेजहरूमा विज्ञापन गरी आइफोन सस्तोमा बेच्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
आइफोनका लागि एड्भान्स बापतको रकम हाल्न लगाएर उनीहरू सम्पर्कविहीन हुने गरेका थिए ।
प्रतिक्रिया