• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सेयर बजार २७०२ अंकमा झर्‍यो, कारोबार घट्यो

    112
    SHARES



    काठमाडौं । मंगलबार सेयर बजार २७०२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ ।

    अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो ।

    सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार २.२१ प्रतिशत घटे ।

    आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नारायणी विकास बैंकको ७.२७, गुराँस लघुवित्तको ५.८४, युनिक नेपाल लघुवित्तको ५.३७, पोखरा फाइनान्सको ४.०४ प्रतिशत मूल्य बढ्यो ।

    ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९.२५ प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ८.५५, जानाकी फाइनान्सको ८.२०, धौलागिरि लघुवित्तको ७.९४, मोलुङ हाइड्रोपावरको ६.८५ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, पिपुल्स हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी क्रमशः अगाडि रहे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया