• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    सेयर बजार २६९२ अंकमा पुग्यो, ६ अर्ब १२ करोडको कारोबार

    607
    SHARES



    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । ४६.६९ अंकले बजार बढ्दै परिसूचक २६९२ बिन्दुमा उक्लिएको छ । यसअघि चार कारोबार दिनपछि सोमबार बजार २७ अंकले उकालो लागेको थियो ।

    कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोडको भयो । यस दिन बजार खुलेदेखि दिनभर हरियाली रह्यो । बजार बन्द हुँदाको अंक नै दिनभरको उच्चतम अंक हो ।

    कुल २२१ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.६ प्रतिशत बढ्यो । बैंकिङ १.६०, विकास बैंक २.३२, फाइनान्स ०.३८, होटल तथा पर्यटन २.७७, हाइड्रोपावर २.०३, लगानी १.३६, जीवन बीमा १.८०, उत्पादन ०.९७, माइक्रोफाइनान्स १.५, अन्य १.५७ तथा व्यापार समूह ०.३५ प्रतिशत बढे ।

    चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुकरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो ।

    समाज लघुवित्तको ९.१८, माउन्टेन इनर्जीको ७.३४, खानीखोला हाइड्रोको ६.७, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.५ प्रतिशत मूल्य बढ्यो ।

    कारोबार रकमका आधारमा समृद्धि फाइनान्स, पिपुल्स हाइड्रोपावर, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र साहस ऊर्जा क्रमशः अगाडि रहे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ