• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्कुल बसको ठक्करले विद्यालय जाँदै गरेकी आरोहीको मृत्यु

    47
    SHARES



    धनुषा । स्कुल बसको ठक्करले धनुषामा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।

    धनौजी गाउँपालिका वडा नम्बर २ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोही कुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

    मंगलबार बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले गाउँकै अर्को विद्यालय पढ्न जाँदै गरेकी आरोहीलाई ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

    आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन् । बस पूर्ण रुपमा जलेर क्षति पुगेको डिएसपी सिंहले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया