• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसले माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन गर्ने

    459
    SHARES



    काठमाडौँ ।नेपाली काँग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले आउँदो माघ १६ र १७ गते नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने जानकारी दिएको हो।

    पत्रकार सम्मेलनमा बोल्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरुका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन्।

    उनले युवाहरुलाई उमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने बताइन्। सम्मेलनमा सबैभन्दा युवाहरुलाई बढी जोडिने उनले जानकारी दिइन्।

    उनले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ