काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
गत शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमा जारी बैठक हिजोसम्मका लागि तय गरिएको भएपनि सदस्यहरूको बोल्ने क्रम नसकिएकाले आजसम्म लम्बिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बोल्न बाँकी सदस्यहरूले आजको बैठकमा धारणा राख्नेछन् ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनका बारेमा छलफल जारी छ ।
प्रतिक्रिया