• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ५८ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    80
    SHARES



    काठमाडौँ । सोमबार सेयर बजार (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । ५८ अंकले बजार घट्दा परिसूचक २६४० बिन्दुमा ओर्लिएको छ ।

    सोमबार कारोबार रकममा पनि ठुलो गिरावट आएको छ । समग्रमा १ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ४७ अंकले बजार घट्दा पनि ८ अर्ब १८ करोडको कारोकार भएको थियो ।

    २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटे ।

    विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, कालिका लघुवित्तको ५.५ पिपुल्स हाइड्रोपावरको ४.८४, मानुषी लघुवित्तको ३.९९ प्रतिशत मूल्य बढ्यो ।

    ङादी ग्रुप पावरको ९.२, गुडविल फाइनान्सको ५.६, छ्याङ्दी हाइड्रोको ४.७, इस्टर्न हाइड्रोपावरको ४.७, गोर्खाज फाइनान्सको ४.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइक्ष्नान्स क्रमशः अगाडि रहे ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया