• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रविलाई पक्राउ गर्न सीआईबीकाे टोली परिचालन, पोखरामा रास्वपाको आकस्मिक बैठक

    33
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालन भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको छ । त्योसँगै सीआईबीबाट एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोली रास्वपाको पार्टी कार्यालय पुग्दै छ ।

    सीआईबी टोली पुग्नुअघि रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो उपस्थिति छ । सूचना संकलनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ ।

    समर्थकहरुको भिड र नारावाजीबीच उनलाई पक्राउ गरेर लैजाँदा कुनै तनाव नहोस् भन्ने उद्देश्यले व्यापक प्रहरी परिचालन गरिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

    लामिछानेलाई पक्राउ गरेर शुक्रबारै कास्की पठाउने तयारी छ । जिल्ला अदालत, कास्कीले रविलाई पक्राउ गर्न शुक्रबार अपराह्न अनुमति दिएको थियो ।

    यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक पोखरामा सुरु भएको छ । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै शुक्रबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक सुरु भएको हो ।

    बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिने नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले निर्णय लिएपछि थप गतिविधि चलाइनेछ । रास्वपाले नेता कार्यकर्तालाई पोखरामा उतार्ने भनेर यसअघि नै अनौपचारिक निर्णय गरिसकेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ