• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड

    15
    SHARES



    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको छ ।

    अहिले संसद भवन नयाँ बानेश्वरमा प्रचण्डले विपक्षी दलहरूलाई बोलाएर छलफल गरिरहेका छन्।

    प्रचण्डले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूलाई बैठकमा बोलाएका हुन्।

    सरकारलाई समर्थन गरिरहेको उपेन्द्र यादवको जसपा नेपालले भने सरकारलाई आफूहरूले समर्थन मात्र गरेका कारण विपक्षी दलहरूको बैठकमा सहभागिता जनाउँदै आएको छ।

    हिजो बालुवाटारमा नेपाली कांग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच टीआरसी टुङ्गोमा पुर्‍याउन सर्च कमिटीलाई पूर्णता दिने विषयमा छलफल भएको थियो।

    यसै विषयमा कुराकानी गर्न र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको बुझिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ