• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच सम्झौता, गैर कोषमा आधारित सुविधा दिने

    1.7K
    SHARES



    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    काठमाडौं। ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

    सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका ग्राहकले गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ लगायत सुविधा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन्।

    यसका लागि महालक्ष्मी विकास बैंकको सिफारिस चाहिने ग्लोबल आइएमई बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ