• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विपद्‌बारे प्रधानमन्त्रीले बोलाए राष्ट्रिय परिषद्को बैठक

    103
    SHARES



    काठमाडौं । बिहीबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति र शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने भएको छ । गत ११ र १२ असोजमा गएको बाढी पहिरो प्रभावातिहरुका लागि विभिन्न नीतिगत निर्णयहरु गर्न बैठकहरु बोलाइएका हुन् ।

    विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार गठित समिति र परिषद् बैठकमा छलफल गर्न विभिन्न एजेन्डाहरु तय भइसकेका छन् । बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा कार्यकारी समिति बैठक बस्नेछ ।

    स्रोतका अनुसार बैठकले संकटग्रस्त घोषणा भएका स्थानीय तहहरुको अवस्थबारे छलफल गर्नेछ । अस्थायी आवास निर्माणलाई प्राथमिकता दिने गरी केही निर्णयहरु पनि गर्ने सम्भावना छ । प्रभावित क्षेत्रमा कस्ता कार्यक्रमहरु लैजाने भन्नेबार छलफल हुने छ ।

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद बैठक बोलाएका छन् । बैठकमा बाढी पहिरो प्रभावितक क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका के–के कार्यक्रम लैजाने भन्नेबारे छलफल हुन्छ ।

    बाढीपहिरो प्रभावित क्षेत्रका बस्ती सारेर सुरक्षित स्थानमा एकीकृत बस्तीहरु निर्माण गर्न बैठकले निर्णय गर्ने तयारी छ । यसबाहेक पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनबारे पनि परिषदले निर्णय गर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ