• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो यस्तो गज्जबको M-Card सेवा

    778
    SHARES



    काठमाडौँ । डिजिटल बैकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम् प्रविधीमैत्री उपकरण संचालनमा ल्याउन सदैव उत्साहित तथा क्रियासिल रहेको माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन M-Card को सुविधा सगौरव संचालनमा ल्याएको छ ।

    यस M-Card सेवा मार्फत बैंकका ग्राहक महानुभावहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक÷धार्मिक÷ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् ।

    साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् । M-Card सेवाले कार्डप्रयोगकर्तालाई पृथक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउने बैंकको विश्वास छ ।

    बैंकले हाल यो M-Card लाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो M-Card जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।
    “हाम्रा ग्राहकहरुलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ्ग समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं”, माछापुच्छ बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने – ‘M-Card सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ” ।

    माछापुच्छ्रे बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरुको बैकिङ्ग अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले M-Card सेवामार्फत अर्को एक कदम अघि सारेको छ ।

    M-Card सेवा मार्फत कार्डलाई पर्सनलाइज्ड गर्नको लागि https://www.machbank.com/online-services लिंकमा जानुहोस् र आफ्नो कम्प्यूटर वा मोबाइलबाट आफुलाई मन परेको तस्बीर अपलोड गरि सहजरुपले कार्ड पर्सनलाइज्ड गरि बैंकको जुनसुकै शाखामार्फत प्राप्त गर्न सकिनेछ ।

    M-Card सेवाबारे थप जानकारीको लागि बैंकको वेभसाइट https://mcard.machbank.com मा वा बैंकको ग्राहक सेवा केन्द्र ०१५९७०५५५ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ