• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रञ्जिताको चेतावनी- पार्टीलाई आघात पुग्ने काम गरे साधारण सदस्य समेत नरहने गरी कारबाही

    348
    SHARES



    काठमाडौँ । पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने अध्यक्ष रञ्जिता श्रेष्ठको चेतावनीले नागरिक उन्मुक्ति पार्टीभित्र हलचल ल्याइदिएको छ ।

    अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्य साथीहरूले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख गरेकी छन् ।

    त्यस्ता क्रियाकलाप गर्ने जो कोही पार्टीको इमानदार सदस्य नहुने स्पष्ट गर्दै अध्यक्ष श्रेष्ठले अनुशासन आयोगमार्फत त्यस्तामाथि कारबाही हुने चेतावनी दिएकी छन् । अब उप्रान्त त्यस्ता गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले पार्टीका सदस्यहरूलाई आ–आफ्नो विचार पार्टीको बैठकमा राख्ने पूर्ण स्वतन्त्रता भएको र पार्टीको शुद्धीकरण प्रक्रिया अगाडि बढिसकेको सर्कुलरमा उल्लेख गरेकी छन् ।

    तर यो सर्कुलरमा पुरानो मिति उल्लेख गरेर हालै जारी गरेको सो पार्टीका कतिपय नेताको आरोप छ । फेसबुकमा लेखेकै कारण पार्टीका एक जना नेता थुनामा परेपछि पुरानो मिति राखेर सर्कुलर जारी गरेको नेताहरूको आरोप छ ।

    सुदूरपश्चिममा पार्टीबाट मन्त्री बनेका लक्ष्मण किशोर चौधरीका स्वकीय सचिव नवीन थापाको बारेमा फेसबुकमा लेखेकै कारण पार्टीका नेता रमित ओली थुनामा परेका थिए ।

    कैलाली–कञ्चनपुरमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेताहरूले नवीन थापा पार्टीको सदस्य नभएको, उनी पछि पार्टीमा प्रवेश गरेपछि मन्त्रीको स्वकीय सचिव बनाइएको दाबी गर्दै आइरहेका छन् । त्यही कुरा रमित चौधरीले आफ्नो फेसबुकमा लेखेपछि थापाले साइबर क्राइम अन्तर्गत उजुरी दिएका थिए ।

    सोही उजुरीका आधारमा रमितलाई प्रहरीले असोज ११ गते पक्राउ गरेका थियो । पाँच दिन थुनामा राखेर धरौटी लिएर छाडेपछि रञ्ञिता श्रेष्ठले असोज ८ गतेको मिति राखेर त्यस्तो सर्कुलर जारी गरेको नागरिक उन्मुक्ति पार्टीका नेता निम चौधरी (धनगढी)को दाबी छ ।

    नागरिक उन्मुक्ति पार्टीको प्रदेश तथा जिल्ला तहमा असन्तुष्टि चुलिएको छ । पार्टी नेतृत्व तहको आलोचना हुन थालेपछि १८ र १९ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक पनि स्थगित गरिएको छ ।

    बाढी पहिरोको कारण बैठक स्थगित गरिएको अध्यक्ष श्रेष्ठ र संस्थापक रेशम चौधरीले दाबी गरे पनि जिल्लामा देखिएको विवादका कारण स्थगित भएको नेताहरू बताउँछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया