काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईमा पक्राउ परेका छन् । ठगी र बलात्कार मुद्दामा फरार भएपछि इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको हाे ।
पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कबिर बुढाथोकी उर्फ रियाज, रोमन कार्की रहेका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ परेका बोहरा र बुढाथोकी ठगी मुद्दापछि फरार भएका थिए । रोमन कार्की भने बलात्कार मुद्दा फरार थिए ।
प्रतिक्रिया