काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ ।
समितिले तयार पारेको सूचीअनुसार गोरखा मिडिया नेटवर्कबाट तीन जनाको बयान लिएको छ । जसमा रवि लामिछाने‚ छविलाल जोशी र विपिन आचार्य रहेका छन् ।
यस्तै सूर्यदर्शन सहकारीका कुमार रम्तेल‚शिवबहादुर गुरुङ र भविश्वर अर्यालको बयान लिएको छ । बयान लिने काम सकिएपछि समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । हेर्नुहोस् लिस्ट
प्रतिक्रिया