• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    ज्योति विकास बैंकले गर्‍यो डिजिटल हस्ताक्षरको सुरुवात

    1.1K
    SHARES



    काठमाडैँ। ज्योति विकास बैंक लिमिटेडले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ । बैंकले कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यका लागि डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी उक्त डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको हो ।

    डिजिटल हस्ताक्षर प्रणाली सुचारु भएपछि कम्पनी रजिस्ट्रारका कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुने बैंकले जनाएको छ ।

    साथै, भौतिक रूपमा उपस्थित भई कागजात पेस गर्नुपर्ने बाध्यता हट्नेछ । यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य बैंकले बोकेको छ ।

    बैंकले ग्राहकलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैंकिङ प्लेटफर्मलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधा उपलब्ध गराइरहेको पनि जनाएको छ ।

    डिजिटल बैंकिङ प्रवद्र्धनसँगै समग्र बैंकिङ सूचना प्रणालीको सुरक्षा, सरलता बढाउन हाइड्रोकन्भज्र्ड इन्फ्रास्ट्रक्चरमा आधारित अत्याधुनिक सर्भर प्रणालीलाई लागू गरेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ