• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय राजनीति

    आम आदमीका नेता मनिष सिसोदिया धरौटीमा रिहा

    1.5K
    SHARES



    काठमाडौं । आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया जमानतमा रिहा भएका छन् । भारतको सर्वोच्च अदालतले शुक्रबार यस्तो फैसला गरेको हो । सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआईले पक्राउ गरेको थियो ।

    सिसोदियालाई १० लाख रुपैयाँ धरौटी राख्न र पासपोर्ट बुझाउन अदालतले आदेश दिएको बीबीसीले जनाएकाे छ । आम आदमी पार्टीकी राज्य सभा सांसद स्वाती मालीवालले भनेकी छन्, ‘मनिष जीको निर्णयमा धेरै खुसी छु । शिक्षा क्रान्तिका जनक मनिष सिसोदिया झूट र षड्यन्त्रको जाल तोडेर डेढ वर्षपछि जेलबाट बाहिर आएका छन् ।’

    सर्वोच्च अदालतको फैसलाप्रति भाजपाले पनि प्रतिक्रिया दिएको छ । बीजेपीका राष्ट्रिय महासचिव दुष्यन्तकुमार गौतमले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘जमानत पाउनुको अर्थ सफाइ होइन । आज पनि उनी ओरापी नै हुन् । उनले भने, ‘यसको लागि उनलाई सजाय हुनेछ । उत्साहित भएर देश, दिल्ली र अदालतलाई भ्रममा पार्नु आवश्यक छैन ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया