काठमाडौं । विदेशी मुद्राको सिफारिस नदिएपछि स:शुल्क प्रसारण हुने भारतीय टेलिभिजन च्यानल बन्द भएका छन् । सरकारले करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटर्कहरुले बिहीबार बिहानदेखि प्रशारण रोकेका हुन् ।
भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्क अन्तर्गतका च्यानलको प्रसारण रोकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताएका छन् । उनले कानुन अनुसार आए बिदेशी मुदरा दिन समस्या नरहको पनि उनले बताए ।
भारतीय टेलिभिजन च्यानलहरूले सुरुवाती समयदेखि नै आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । उनीहरू प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै यस्तो प्रणालीको विरोध गरिरहेका छन् ।
प्रतिक्रिया