काठमाडौं। निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने-नगर्नेबारे निर्णय लिन साँझ ५ बजे संदीय सुनुवाइ विशेष समितिको बैठक बस्नुअघि नै आफ्नो नाम फिर्ता लिएका हुन् ।
प्रधानले समितिमा निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिन निवेदन दिएसँगै उनको अनुमोदनबारे निर्णय लिन डाकिएको बैठक पनि स्थगित भएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
प्रधानबारे समितिमा यौन दुराचारसम्बन्धी गम्भीर उजुरी परेको थियो । उच्च नैतिक चरित्रको नभएको भन्दै उनको नाम अनुमोदन नगर्न समितिसमक्ष दबाब बढेको थियो ।
प्रतिक्रिया