• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राज्यमन्त्री हत्या प्रकरण : जग्गा विवाद मिलाइदिन भन्दै राति ३ जना घरमा आएका थिए

    632
    SHARES



     काठमाडौँ । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ । आइतबार राति आफ्नो जग्गाको विवाद मिलाइदिन भन्दै दुई जना रायको घरका आएकाे अनुसन्धान बाट खुलेको एक प्रहरी अधिकृतले बताएका छन् ।

    रायको घरमा उनी र काम गर्न बसेका अर्का एकजना मात्रै बस्ने गर्दथ्यो । गएराति राय गाउँमा श्राद्धमा गएर करिव ८ बजे मात्रै घर आएका त्यसको करिव एक घण्टापछि ९ बजे तिर जग्गाको विवाद मिलाइदिन भन्दै तीनजना आएका ति कामगरी बसेका राम उदेन रायले बताएका छन् । 

    त्यस क्रममा राम उदेन रायले जग्गा मिलाइदिन भन्दै गएकाहरूलाई पानी दिएको बताएका छन् । उनीहरूले जग्गा कहिले मिलाइदिने भनेपछि पूर्वराज्यमन्त्री रायले मिलाउला नि भनेका कामगर्न बसेमा रायले प्रहरीलाई बताएका छन् । 

    त्यसपछि उनीहरू पनि रायकाै घरमा बस्ने भएकाले आफूलाई अर्को काेठामा सुत्न भनेपछि उनीहरू ४ जना गफ गरिरहेका थिए आफू सुतेको राम उदेनले प्रहरीलाइ बताएका छन् । 

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया