काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुमा माटोको ढिस्कोले पुरिएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शुक्रबार काटाेकाे ढिस्काेले पुरीएका ४२ बर्षीय पुरूषकाे प्रहरीले उद्दार गरेकाे हाे ।
दूधकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ४२ वर्षीय तेज बहादुर तामाङलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । तार जालीको पर्खाल लगाउने क्रममा उनी माटोको ढिस्कोले पुरिएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको हो । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ । उनको टाउको र कम्मरको भागमा चोट लागेको छ ।
प्रतिक्रिया