काठमाडौं। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा उछाल आएको छ । आज एकै दिन नेप्से ५९.६८ अंकले बढेर शेयर बजारमा उछाल आएको हो । बजार बढ्दा कारोबारमा पनि उछाल आएको छ भने आज बिहीबार एकै दिन साढे १५ अर्बको कारोबार भएको छ ।
बिहीबार नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै आज वाणिज्य बैंक समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूह एकै दिन ६.२८ प्रतिशतले बढेर १३६२.१६ विन्दुमा पुगेको छ ।
बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । आज साढे १५ लाखको कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया