काठमाडाैं । चितवनमा रेलमार्गको सर्भे गर्न आएकाे टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् ।
बुधबार दिउँसो भरतपुर महानगरपालिका- ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
प्रहरीकै अगाडि उनीहरूले बागमती प्रदेश-०१-०३० च ७१९० नम्बरकाे गाडीमा आगजनी गरेका हुन् । रेलमार्ग सार्नुपर्ने माग गर्दै विगतदेखि नै स्थानीयहरू विरोधमा थिए ।
प्रतिक्रिया