• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले मगायो भाषणको पूर्णपाठ

    303
    SHARES



    काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना निवेदनलाई गम्भीर रूपमा लिँदै उनीहरूले सार्वजनिक रूपमा गरेका भाषणहरूको क्लिपसहितका विवरण पेस गर्न आदेश गरेको छ ।

    न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार आदेश गर्दै निवेदकलाई सम्पूर्ण कागजातहरू पेस गर्न भनेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना मुद्दामा संयुक्त इजलासले सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।

    ‘निवेदकको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय अनुपम भट्टराई तथा उपेन्द्र रावतले गर्नुभएको बहस सुनियो,’ अदालतको आदेशमा भनिएको छ, ‘ निवेदकले निवेदनसाथ पेस गरेको कागजातको पूर्णपाठ तथा भिडियो क्लिप तथा सो भिडियोलाई लिपिबद्ध गरी निवेदकबाट यथाशीघ्र पेस गर्न लगाई नियमानुसार पेस गर्नुहोला ।’

    सर्वोच्चले भिडियोमा भनिएका कुरा उतार गरेर समेत पेस गर्न भनेकाले अदालतले यसलाई गम्भीर रूपमा लिएको देखिन्छ ।

    अदालतको अवहेलना निवेदनमा सहकारी ठगी प्रकरणमा अदालतको अनुमतिले थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन चर्काउँदा अदालतको जनआस्थामा असर पर्ने गतिविधी गरेको दाबी गरिएको थियो ।

    अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको निवेदनमा उल्लेख छ ।

    निवेदनमा रास्वपाका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त मर्हजन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया