• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पूर्वमन्त्री अधिकारीलाई सरकारले उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति

    416
    SHARES



    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सांसद लिलाबल्लभ अधिकारीलाई सरकारले उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले मुख्य योजनाकार रहेका पूर्वमन्त्री अधिकारीलाई सरकारले उन्मुक्ति दिएको बताए।

    ‘अहिले पूर्वमन्त्रीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरेकोमा हाम्रो पार्टीको आपत्ति छ,’ सापकोटाले भने, ‘जसको निर्देशनमा मानिस जापान लैजाने काम भयो उसैलाई उन्मुक्ति दिने, उनलाई छुटाएर मुद्दा दर्ता गरिएको छ।’

    जापान प्रकरणमा पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको थियो। तर अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

    केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले भ्रष्टचारी र माफियाको संरक्षण गर्दै आएको आरोपसमेत उनले लगाएका छन्। पदाधिकारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायतमा कुराकानी भएको उनले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया