• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    लोक सेवाको कार्यतालिका सार्वजनिक, विभिन्न सेवा र समूहको परीक्षा भदौदेखि जेठसम्म हुने

    1.2K
    SHARES



    काठमाडौँ । लोक सेवा आयोगले सरकार कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । बुधबार आयोगले एक  सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बुधबार सूचना निकालेर कार्य तालिका सार्वजनिक गरेको हो ।

    जसमा निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ । जारी सूचनामा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको आवश्यकताअनुसार बढुवा गरिने भनिएकाे छ ।

    त्यस्तै विशिष्ट प्रथम श्रेणी (प्राविधिक र अप्राविधिक तथा अधिकृत प्रथम) सहसचिवको बढुवा आगामी भदौ असोज महिनामा प्रतिशत र सङ्ख्या निर्धारण गरेर त्यसको विज्ञापन सूचना असोज महिनाको अन्तिम बुधवार प्रकाशित गर्ने जनाएको छ । जसको परीक्षा पुस माघ र लिखित परीक्षा फागुन चैत र अन्तरवार्ता चैत वैशाखमा गर्ने आयोगले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया