• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ओली सरकारले महिला नेतृत्वलाई अवसरबाट वञ्चित गर्याे : महिला आयोग

    1.1K
    SHARES



    काठमाडौँ । महिला आयोगले केपी ओली नेतृत्वको मन्त्रिपरिषद् समानुपातिक समावेशिता नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा २२ सदस्यीय मन्त्रिपरिषद्मा जम्मा ९ प्रतिशत मात्रै महिलामन्त्री नियुक्ति गरिएको भन्दै असन्तुष्टि जनाइएको छ ।

    अध्यक्ष कमला पराजुलीले जारी गरेको उक्त विज्ञप्तिमा ९ प्रतिशतमात्र महिलामन्त्री नियुक्ति हुनुले संविधानमा गरिएको व्यवस्थालाई समेत राजनीतिक दलहरुबाट बेवास्ता गरेर महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरिएको भनिएकाे छ ।

    संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक रहने व्यवस्था गरिएको आयोगले स्मरण गराएको छ ।

    ओली नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेसबाट आरजु राणा देउवा परराष्ट्रमन्त्री र एमालेबाट विद्या भट्टराई शिक्षामन्त्री रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया