काठमाडौं । सोमबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला २ सय रुपैयाँले सुनको भाउ बढेको हो । प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ ।
यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ भने अघिल्लो दिन १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने १८८५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
प्रतिक्रिया