काठमाडाैं । साउन महिनाका लागि २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले व्याजदर घटाएका छन् । साेमबा नयां व्याजदर सार्वजनिक गरेका बैंकहरूमध्य १३ बैंकहरुले व्याजदर घटाएका हुन् ।
असार महिनामा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.६९ प्रतिशत दिएका थिए । यस्तो ब्याजदर औसतमा ६.८८ प्रतिशत थियो ।
साउनको लागि बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत दिने भएका छन् । औसत ब्याजदर ६.६४ प्रतिशत छ । साउनको लागि एनएमबी र एनआइसी एशिया दुवै बैंकले अधिकतम ७.५३ प्रतिशत ब्याजदर तोकेका छन् ।
यता, ५ बैंकहरुले भने असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन् । एनएमबी र एनआइसी एशिया बैंकले अहिले व्यक्तिगत मुद्दतिमा सबैभन्दा धेरै ब्याज दिएका छन् ।
एभरेष्ट र कृषि विकास बैंकले ब्याजदर बढाएका छन् । लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकको ब्याजदर स्थिर छ ।
१३ बैंकहरुले साउन महिनाका लागि व्याजदर घटाएका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकले ०.२ प्रतिशत व्याजदर घटाएको छ भने ग्लोबल आईएमई बैंक, प्राइम कर्मसियल बैक, सिद्धार्थ बैक., स्टान्डर्ड चार्टड बैंकले ०.२५ प्रतिशत व्याजदर घटाएका छन् ।
यस्तै, नेपाल बैंक, हिमालयन बैंक, माछापुच्छे बैंक, प्रभु बैंकले ०.५ प्रतिशत व्याजदर घटाउँदा कुमारी बैंकले ०.०५ प्रतिशत व्याजदर घटाएका छन् ।
यस्तै सानिमा बैंकले ०.७ प्रतिशत व्याजदर घटाएको छ भने सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशत र एनआइसी एसियाले ०.१६ प्रतिशत व्याजदर घटाएका छन् ।
यस्तै, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकको ब्याजदर स्थिर छ। लक्ष्मी सनराइज बैंकले ६.५ प्रतिशत व्याजदर दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र नबिल बैंक ले ७ प्रतिशत व्याजदर दिदै आएको छ । यस्तै नेपाल एसबिआई बैंकले ६.३ प्रतिशत व्याजदर दिदै आएको छ ।
प्रतिक्रिया