• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ११ महिनामा २.६६ प्रतिशतले घट्याे महंगी

    1.9K
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको जेठ महिनामा मुद्रास्फीति घटेको जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले अघिल्लो वर्षको सोही महिनाको अवधिमा याेमहिनामा मुद्रास्फीति घटेको जानकारी दिएको हो ।

    सार्वजनिक तथ्यांकअनुसार यो ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशत रहेकाे छ । जुन, अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत थियो ।अर्थात पछिल्लाे ११ महिनामा महंगि २.६६ प्रतिशतले घटेकाे छ ।

    यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेकाे छ भने समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत रहेकाे छ ।

    यस्तै दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैह्र–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । यस्तै घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया